Saturday, November 30, 2013

पवित्र आत्माको प्रतिज्ञा

“तिमीहरुले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरु पालना गर्नेछौ । र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरुलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरुसँग सदासर्वदा रहनुहुनेछ । यिनी सत्यको आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई चिन्छौ, किभाने उहाँ तिमीहरुसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरुमा रहनुहुन्छ ।”
 “म तिमीहरुलाई टुहुरा छोड्नेछैन । म तिमीहरुकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तिमीहरुले मलाई देख्नेछौ । म जीवित भएको हुनाले तिमीहरु पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरुले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरु ममा, र म तिमीहरुमा छु । मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञाहरु छन् र ति पालन गर्दछ । अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ । र म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु ।”

                             -यूहन्ना १४:१५-२१      

No comments:

Post a Comment