Tuesday, December 31, 2013

पानीको बप्तिस्मा-२०६४

बिलीवर्स चर्च अश्रांगको विश्वासीहरु मण्डलीको सेवक डिल्ली राई र रेभ.पा. आनन्द तामांगसंग पानीको बप्तिस्मा लिदै वि.स २०६४ फागुन ३ गते (15-02-2008)

Saturday, December 7, 2013

असल चिज माग्नको निम्ति प्रोत्साहन

“म तिमीहरुलाई भन्दछु, माग, त तिमीलाई दिइनेछ । खोज त तिमीले भेट्टाउनेछौ । ढकढक्याओ, त तिमीहरुका निम्ति खोलिनेछ । किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ ।”
“तिमीहरुमध्ये कुनचाहिँ बाबु होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुंगा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा अन्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरु दुष्ट भईकन आफ्ना छोराछोरीलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरुका स्वर्गीय पिताले उहासँग माग्नेहरुलाई कति बढी गरेर असल चिज (पवित्र आत्मा) दिनुहुन्छ ।”
                                               लूका ११:९-१३; मत्ती ७:७-११    

Friday, December 6, 2013

विधवाको भेटी


येशूले हेर्नुहुँदा धनीहरुलाई आफ्नो-आफ्नो भेटी मन्दिरको दानपात्रमा राखेको देख्नुभयो ।  उहाँले एउटी गरिब विधवालाई त्यहाँ दुई पैसा चदाएकी पनि देख्नुभयो ।  तब उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरुलाई भन्दछु, यस गरिब विधवाले अरु सबैले भन्दा बढी चढाएकी छे ।  किनकि यिनीहरु सबैले आफ्नो प्रशस्तताबाट भेटी चढाएका छन्, तर यसले चाहिं आफ्नो दरिद्रताबाट आफ्नो सारा जिविका नै दिई । ”

                           -लूका २१:१-४

Thursday, December 5, 2013

यशैया ६१:१-२

“परमप्रभु परमेश्वरको आत्मा ममाथि छ, किनभने गरिबहरुलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरुलाई हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला लिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई सान्त्वना दिन,”
                           -यशैया ६१:१-२ 

Sunday, December 1, 2013

यशैया ५५:१०-११

परमप्रभु भन्नु हुन्छ “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ, त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बालि उमार्छ, र छर्नेलाई बिऊ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ । त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ ।”

                                      -यशैया ५५:१०-११ 

परमेश्वरको वचनमा काम्न सिक्नु


परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिहांसन हो, र पृथ्वीचाहिं मेरो पाउदान हो ! मेरो निम्ति तिमीहरुले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? के यी सबैथोक त मेरै हातले बनाएका होइनन् र यसरी यी हुन् आए?” परमप्रभु भन्नुहुन्छ ,”जो आत्मामा दिन र चुर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु”

                                   -यशैया ६६:१-२