बिलीवर्स चर्च अश्राङ्ग ( Believers Church Ashrang) जीवित परमेश्वरबाट भरपूर्ण आशिष र अनुग्रहले स्थापना भएको मण्डली हो । हाम्रो मण्डलीको स्थापना बि.स.२०६० फागुन २५ गतेबाट सुसमाचार प्रचार बाट मण्डली स्थापनाको जग त्यतिबेला बिलीवर्स चर्च खहरे, गोरखाका रेभ. पास्टर आनन्द तामांग( उहाँ तत्कालिन जिल्ला पास्टर गर्नुहुन्थ्यो ।) लगायतका प्रभुका छोराछोरीहरुले बसाल्नु भयो । र धेरै रोगी बिरामीहरु जसको उपचार धामीझाक्री र अस्पतालमा हुन सक्दैनथ्यो प्रभुमा विश्वास गरेर निको हुदै चंगाई पाई मण्डलीको जग खन्ने काम गर्नु भयो । र गोरखा मण्डलीको झुण्ड मण्डलीको रुपमा विश्वासी तेजबहादुर आलेको घरमा(वडा न.८) हप्ताको तेस्रो दिन मंगलबार बिलीवर्स चर्च खहरेबाट सेवकसेविका आई स्तुति आराधना हुन थाल्यो । त्यसको करिव १ वर्ष पछि सेवक डिल्ली राई वि.स. २०६२ सालमा आफ्नो दिक्षान्त सेवकाई निम्ति आउनु भएपछी मण्डली आत्मिकीरुपमा धेरै अगाडी बढ्यो । विश्वासीहरु थपिने, रोगी बिमारीहरु चंगाई हुदै प्रभुमा अघि बढ्न थाले । र उहाँ आउनु भए पछी अश्रांग मात्र होइन छिमेकी गाविसहरु बोर्लांग, ताप्ले, तान्द्रांग, बगुवा, आरुघाट सम्मनै सु-समाचार प्रचारप्रसार गर्नुभयो । २०६४ सालमा विश्वासी संख्या अत्यधिक धेरै तर आरधना गर्ने ठाउँ सानो भएकाले विश्वासी तेजबहादुर आलेको घरका साथै विश्वासी मनमाया विकको घरमा(वडा न.६) दुवै ठाउमा साप्ताहिक शनिवारको दिन स्तुति आराधना गर्न थालियो । र दुवै झुण्डको विश्वासी मिलेर मण्डली भवन बनाउनको लागि जग्गा किन्ने निर्णय गरियो । दुवै झुण्डलाई आराधना गर्न सजिलो होस् भनेर अश्रांग वडा.७ को थामडाडामा जग्गा लिने निर्णय गरियो । र बिलीवर्स चर्च डायोसिसको कार्यालयमा आर्थिक सहयोगको लागि पत्र पठाइयो । डायोसिसको कार्यालयबाट जग्गा मण्डलीले किनेमा भवन डायोसिसले भवन बनाउने रकम दिने निर्णय भएको कुरा सेवक डिल्ली राई मण्डलीका सबै विश्वासी र अगुवालाई बताउनु भए पछी मण्डलीमा उठेको भेटि, विश्वासीहरुको इच्छादान, दसमांसबाट उठेको रकमले करिव साढे तिन रोपनी जग्गा २०६४मा किनियो । र मण्डलीको आफ्नो नाममा जग्गा पास गरियो । मण्डली भवनको निर्माण जग्गा खार्ने काम विश्वासीबाट भएपनि सेवक डिल्ली राई २०६६ साल बैसाखमा आफ्नो सेवकाईको लागि आफ्नो गृह जिल्ला संखुवासभा जानु भएपछी मण्डलीमा असल गोठालोको अभाव खड्कियो । त्यतिनै बेला जिल्लाबाट रेभ.आनन्द तामांगले बिलीवर्स चर्च डायोसिस छाड्नुभयो । अश्रांग मण्डलीलाई ठुलो समस्याहरु खडा आर्थिक तथा आत्मिक रुपमा गाह्रो महसुस हुन थाल्यो । पछी डायोसिसबाट सेवकहरु पठाइयो तर झन् समस्या बढाउने काम भयो । न त जिल्ला फादरबाट अश्रांग मण्डलीले अपेक्षित सहयोग सहयोग पायो नत डायोसिस कार्यलयबाट भवन बनाउन रकमनै नपाए पछी सम्पूर्ण अगुवाहरु, विश्वासीहरु मिलेर आफै भवन निर्माण गर्ने काम वि.स २०७० जेष्ठमा सम्पन गरियो । हाल मण्डलीलाई केहि आर्थिक समस्या परेपनि मण्डलीको आफ्नै जग्गा, आफ्नै भवन छ । र मण्डली स्थानीय अगुवाहरुले नै बढाउनु भएको छ । हाम्रो मण्डलीको गोठालो परमेश्वरनै हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ मण्डलीले हरेक शनिवार बिहान ११:०० बजे -१:१५ बजे सम्म संयुक्त आराधना चर्च भवन, उपवास तथा जवान संगति हरेक शुक्रवार दिनको ३:०० बजे-५:०० बजे सम्म चर्च भवनमा नै, आमा दिदीबहिनी संगति शनिवार साप्ताहिक सेवासंगति पछी चर्च भवनमा नै र घरेलु संगति आ-आफ्नो टोलमा आइतबार, सोमबार, मंगलबार, बुधबार सन्चालन हुदै आएको छ ।
मण्डलीका केहि फोटोहरु
मण्डलीका केहि फोटोहरु
No comments:
Post a Comment