Monday, June 16, 2014

जब मेरो जीवन मेरो अघि छ।

  
 चौध वर्षकी ब्रोक ब्रोंन्कस्की सानै उमेरमा परमेश्वरको प्रेममा डुबीन् । जब उनि माध्यमिक विद्यालयमा थिइन्, उनले आफ्नो साथीहरुको विचमा बाइबल अध्ययन कक्षाहरु सुरु गरिन् । उनले सानानानीहरु हेरेबापत कमाएको थोरै पैसाले उनले बाइबलहरु बजारबाट किनेर ख्रीष्टमा नबाँचेका साथीहरुलाई दिन्थिन् । यो कुरा उनको मण्डलीको युवा अगुवाले थाहा पाएर एक कार्टुन बाइबल किनेर ब्रोंन्कोसकीलाई ल्याएर दिएका थिए ।
उनले बाह्र बर्षको उमेरमा नै एउटा निबन्ध लेखेकी थिइन् ।
जब मेरो जीवन मेरो अघि छ।
               म मेरो जीवन पुरा रीतिले जिउनेछु । म सधै खुसि रहनेछु । म यसलाई प्रज्वलित पार्नेछु । म अघिको भन्दा अझ झन् बढ्ता आनन्दिन रहनेछु । म अरुहरुलाई येशूको बारेमा बताउनेछु । म बाहिर गएर संसार बदल्नेछु । म संग समस्या हुनेछैन बरु म समस्यामा परेकालाई सहायता गर्नेछु ।

Tuesday, May 6, 2014

मलाई प्रभुले दिनुभएको दर्शन तपाइँ र तपाईको परिवारको लागि

 -रमेश थापा मगर
 
"त्यसपछि  म मेरा  आत्मा सबै मानिस माथि खन्याउने छु!..............तिमीहरुका युवकहरु दर्शन देख्नेछन  ।"                                                                                 -योएल२:२९,   प्रेरित१७
जुन दर्शन मलाई प्रभुहरुका प्रभु, राजाहरुका राजाले दिनुभयो, यो हामी, सबै विश्वासीहरु जो जीवित प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नेहरु र नराख्नेहरु, सबैको लागि हो ।  म यो गवाही दिएर यो भन्छु आज तपाई धेरै जना  अस्तित्वमा नरहेका पोस्टरहरुका देवी देवता र मूर्तिहरू पूजा गर्दै हुनुहुन्छ भने तपाइँ अन्ततः नरकमा जानुहुनेछ ।
   फागुन २८,२०७० (12 March,2014) जब प्रार्थनामा एक्कासी अब फेरी छिट्टै मेरो चर्च विलिभर्स चर्च, अश्रांग-गोरखा जानुपर्ने देखेपछी मेरो मनमा अलि द्विविधा उत्पन्न भयो किनकि म फागुन १७ (1 March, 2014) गते मात्रै मेरो चर्चमा वचनको सेवकाई गरि विश्वासीजनसंग मेरो इन्जिनियरिंग 5th सेमेस्टरको परिक्षापछी मात्रै आउनेछु र प्रभुको विशेष इच्छा भए छिट्टै पनि आउने बताएर करिव २ महिना आउन नसक्ने बताएर म आफ्नो पढाईको निम्ति पोखरा फर्केको थिए ।  र यति नै बेला क्याम्पसमा आन्तरिक मूल्यांकनको परीक्षा चल्दै थियो ।  अनि मैले ख्रीष्टमा मेरो विश्वासी दिदि सीता विश्व, जो विलिभर्स चर्च, खहरे गोरखामा सेवकाई गर्दै हुनुहुन्छ, फोन गरेर तपाइले मेरो चर्चको लागि दिन लाग्नु भएको उपहार तयार छ भने म यो शनिवार(१ चैत्र)को आराधना सेवामा पोखराबाट आउने कुरा बताए पछी उहाँले उपहार तयारी रहेको र गोरखा जिल्ला फादर पा. इश्वर लामा जादै हुनुहुन्छ भन्ने खबर पाएपछी म अर्को शनिवारको आरधना सेवा (८ चैत)जाने निर्णय गरि चर्चको अगुवालाई फोन गरि म आउने कुरा बताए ।  तर प्रभुको इच्छा त्यही आराधना सेवामा रहेको अगुवाई भएपछि मैले भोलिपल्ट २९ गते(13 March,2014) फेरी विलिभर्स चर्च खहरे-गोरखामा फोन गरि फादर जाने हो या होइन निर्णय मागे अनि उहाँले आफु जान नसक्ने बताएपछी म चैत १ गतेको आराधना सेवाको लागि फागुन ३० गते पोखराबाट घर तर्फ लागे ।  अनि वचन तयारीको लागि आशिष माग्दै तयारीमा जुटे तर दुईवटा वचन तयार गरे फेरी रद्द गरे ।  र यात्रा भरि मलाई परमेश्वरको उपस्थितिले योएल अगमवक्ताको पुस्तक २ अध्याय २८-३२, परमप्रभुको दिनहरु घरि घरि मेरो मन र मस्तिष्कमा आइरह्यो। किनकि यहाँ ३० र ३१ पदमा यसरि लेखिएको छ।

Tuesday, January 7, 2014

२०१४ सालका लागि मण्डलीलाई परमप्रभुका केही आज्ञाहरु – पाष्टर रोबर्ट कार्थक

परमप्रभुमा विश्वास गरेर प्रशस्त आशिष पाएका अब्रामसँग बसेकोले लूतले पनि धेरै आशिष पाएका थिए । ‘अब्रामका साथमा लागेका लूतका पनि भेंडा–बाख्रा र गाई–वस्तुहरूका बथान र पालहरू थिए (उत्पत्ति १३:५) । आशिष पाएका मानिसहरूसँग बसेर नै हामी पनि आशिषित बन्न सक्ने रहेछौं । अब्राम र लूत दुवैका भेंडा–बाख्रा, गाई–वस्तुहरू धेरै भएको हुनाले तिनीहरूलाई त्यस ठाउँमा सँगै बस्न गा¥हो भयो । तिनीहरूलाई एकसाथ बस्न प्रशस्त ठाउँ पनि भएन । तिनीहरूका गोठालाहरू पनि एका अर्कासँग मिलेर बस्न सकेनन् र तिनीहरू छुट्टिए । शिष्टाचारको नाताले पनि लूतले आफ्ना वयोवृद्ध काकालाई ठाउँ छान्नलाई पहिले मौका दिनु पर्नेथ्यो तर तिनले त्यसो गरेनन् । तिनी आफैले पहिले आफ्नो लागि परमप्रभुको बगैंचा जस्तै प्रशस्त पानीले भिजेको मलिलो यर्दनको बेंसी छाने । असल भाग लूतले लगे भनेर अब्राम कति पनि दुखित भएनन् किनकि परमप्रभुका प्रशस्त आशिष तिनीसँग थियो । आशिष नै नभएको बाँझो, रूखो जग्गा पनि आशिषित बनाउन सक्ने क्षमता तिनीसँग थियो । परमेश्वरको इच्छानुसार जस्तै ठाउँमा हामीलाई जान परे पनि हामीलाई आत्तिनु पर्दैन कारण परमेश्वरका आशिष मात्र होइन तर आशिषका परमेश्वर स्वयं हामीसित हुनुहुन्छ । आशिष नभएको ठाउँलाई पनि हामी आशिषित बनाउन सक्छौं । गलाती ३:९ मा लेखिएको छ, ‘यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष पाएका छन् ।’ ख्रीष्ट येशूमा विश्वास गरेर हामी अन्यजातिहरूले पनि अब्राहामका सन्तान बन्ने अधिकार पाएका छौं । गलाती ३:२९ मा पनि हामी पढ्छौं, ‘यदि तिमीहरू ख्रीष्टका हौं भने ता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ ।’