मण्डलीका प्रतीकहरु

मण्डलीका प्रतीकहरु
बिलिवर्स चर्च (विश्वासीहरू मण्डली) को विशिष्ट गुण निम्न प्रतीकहरुको ढाँचामा व्यक्त गरिएको छ- वचनमा प्रकट गरिएको विश्वास र अभ्यासप्रति गहनरुपले समर्पित मानिसहरुको समुदाय ।

क्रूस

हृदय

ढुकुर


माछा
किताब


क्रूसले हाम्रो छुटकाराको बारेमा बताउँछ अनि यो हामीले प्रभुलाई अझ घनिष्टरुपले चिन्नुपर्छ भनी हामीलाई सम्झाउने कुरा हो ।
 गलाती ६:१४; १कोरन्थी १:१८; कलस्सी १:२०; २:१३,१४; हिब्रू १२:२

ढुकुरले आत्मा र सत्यतामा आराधना गर्ने जीवनको बारेमा बताउँछ । मत्ती ३:१६; लूका ११:११-१३; प्रेरित १:८; कोरन्थी १२-१४ अध्याय

हृदय अगाप्पे प्रेमको प्रतिक हो, जसद्वारा मण्डलीका सदस्यहरु परिपक्वतामा बढ्दछन् । मत्ती २३:३७; यूहन्ना १३:३४; १५:१२,१७; १ कोरन्थी १३ अध्याय


किताब विश्वासीहरूलाई सेवाको निम्ति सुसज्जित पार्न वचनको नियमित शिक्षा दिइने कुराको प्रतिक हो । भजन ११९:९,११,१०५: नहेम्याह ८:८; हिब्रू ४:१२; भजन १३८:२

माछाले विश्वव्यापी सुसमाचार प्रचारमा सहभागी बन्दै मानिसहरुको मछुवा बन्ने हाम्रो जीवनमा भएको ख्रीष्टको बोलावटको प्रतिनिधित्व गर्छ । मत्ती ४:११; मर्कूस १:१७; मत्ती २८:१८-२०; मर्कूस १६:१५

      

No comments:

Post a Comment