Saturday, November 30, 2013

यशैया ६१:१-२

“परमप्रभु परमेश्वरको आत्मा ममाथि छ, किनभने गरिबहरुलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरुलाई हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला लिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई सान्त्वना दिन,”

                           -यशैया ६१:१-२
      

पवित्र आत्माको प्रतिज्ञा

“तिमीहरुले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरु पालना गर्नेछौ । र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरुलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरुसँग सदासर्वदा रहनुहुनेछ । यिनी सत्यको आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई चिन्छौ, किभाने उहाँ तिमीहरुसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरुमा रहनुहुन्छ ।”
 “म तिमीहरुलाई टुहुरा छोड्नेछैन । म तिमीहरुकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तिमीहरुले मलाई देख्नेछौ । म जीवित भएको हुनाले तिमीहरु पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरुले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरु ममा, र म तिमीहरुमा छु । मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञाहरु छन् र ति पालन गर्दछ । अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ । र म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु ।”

                             -यूहन्ना १४:१५-२१      

Wednesday, November 27, 2013

दश आज्ञा


१.म बाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।
२.आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । ........................
३.परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू ...................... ।
४.शबाथ-दिन (विश्राम-दिन) पवित्र मान्नु पर्छ भनि याद राख्नु.................... ।
५.आफ्ना बाबु र आमालाई आदर गर............ ।
६.हत्या नगर्नू ।
७.व्यभिचार नगर्नू ।
८.चोरी नगर्नू ।
९. आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू ।
१०.आफ्नो छिमेकीका घरको लालच नगर्नू, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू ।
                     -प्रस्थान २०:३-१७  

      

हितोपदेश २:२-५

  

बुद्धिका कुराहरु सुन्ने गरिस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकार गरिस् र समझशक्ति पाउनलाई पुकारिस् भने, यदी तैले चाँदीझैँ त्यसलाई खोजिस र गाडधनझैँ त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्ने छस् ।

Tuesday, November 26, 2013

परमेश्वरको प्रेम

  
 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो,कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँ माथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।
                                                  -यूहन्ना ३:१६