Tuesday, October 25, 2016

आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ



१•आशिषको श्रोत को हुनुहुन्छ? सबै  आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ  ।  शैतान बाट कुनै आशिष आउदैन  ।  किनकि त्यो झुट र छल को पिता हो  ।  (यूहन्ना ८:४४) हरेक असल दान र सिद्द वरदान स्वर्गबाटको हो  ।  यो बरदान ज्योतिको पिताबाट आउँछ ।  बदलि रहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुदैन ।(याकूब१;१७)

२•के परमेश्वर बाट अन्यजातिले पनि आशिष पाउन सक्छ? अवश्य पाउन सक्छ  ।  परमेश्वर अन्यजाती, यहुदी, र परमेश्वरको मण्डली सबैको परमेश्वर हुनुहुन्छ ।  फरक यति मात्र हो ।  अन्यजाती हरु परमेश्वरको करार र प्रतिज्ञा बाट बिराना छन्  ।  उनीहरुको आशिष आफ्नो इमान्दारिता, लगनशीलता र आफ्नो हातको काम मा भर पर्छ  ।  जस्तै पुराना करारका कति अन्य जाति राजाहरु जस्तै नबुकदनेस्वर, अहासुरस, दारा आदि राजाहरु जसलाई परमेश्वरले नै आशिष दिएर आफ्नो राज्य बढाउन दिनु भयो  ।   इस्राएलीहरु आफ्नो परमप्रभु परमेश्वर संग उनीहरुको पिता अब्राहम र मोशा मार्फत बाधिएको करार को आज्ञापालन बाट आशिष पाउँछन्  ।  उनीहरु आज्ञा पालन गर्दा आशिषित हुन्छन् भने आज्ञा उलंगन गर्दा श्रापित हुन्छन्  ।  भने परमेश्वरको मण्डली येशू ख्रीष्टले दिनु भएको अनुग्रह र प्रतिज्ञाहरु सहित को आशिष पाउछन  ।


३•रमेश भाइ, मलाई केहि समय अघि एउटा राम्रो कामको अवसर आएको थियो र आम्दानी पनि राम्रै हुने लक्षण देखेको थियो तर मैले परमेश्वरसंग प्रार्थना गर्दा उहाले मलाई त्यो काममा हात नहाल्न अगुवाई गर्नु भयो  ।  के त्यो आशिष परमेश्वरबाट आएको होइन ? या अरु कतै बाट आएको हो?  आशिषको मूल परमेश्वर मात्रै हुनुहुन्छ ।  तपाईलाई आएको अवसर वा आशिषको श्रोत पनि परमेश्वर नै हुनुहुन्छ  ।  तर तपाइलाई त्यो आशिष लिन अगुवाई नगर्नुको कारण उहाँ तपाईलाई त्यो भन्दा अझ उत्तम आशिष दिन चाहनु भएको कारणले हुनसक्छ ।  या त्यो अवसर केहि समयको लागि मात्र हुनसक्छ ।  उदाहरणको लागि मोशाको नेतृत्व मा जब इस्राएलीहरु परमेश्वरको प्रतिज्ञाको देश, कनानको देश, जादै गर्दा रुबेन र गाद को सन्तानहरुले आफ्नो लागि याजेर र गिलात गौचरनको लागि उपयुक्त देखेर तिनीहरुले मोशा र पुजाहारीहरुसंग यर्दन पारि नलैजानको निम्ति बिन्ति गरे र त्यही भूमिमा बसोबास गरे ।  रुबेन गाद, मनेश्यको आधा कुललाइ त्यो भुमि आशिष त भयो तर परमेश्वरले उनीहरुलाई दिनु चाहनु भएको उत्तम आशिष चाही लिन चाहेनन् अर्थात पाएनन्  । (गन्ती ३२:१-५)        
        
अन्त्यमा, कहिलेकाही विश्वासीहरु आफु वरपर भएका अविश्वासीहरु आफु भन्दा सम्पन्न, स्वस्थ भएको कारणले तिनीहरुको आशिष सैतान बाट आएको हो, तिनीहरुले परमेश्वरबाट आशिष पाउन सक्दैन भन्ने भ्रमको कारणले परमेश्वरको ,महिमा चाही अन्य देबी देवतासंग साट्ने गरिराखेको हुन्छौ  ।  फरक यति हो तपाइँ बिस्वासी संग परमेश्वरको उत्तम करार र प्रतिज्ञाको आशिषहरु छन् भने उनीहरु संग हुदैन ।  उहाँ धर्मी र अधर्मी दुबैको परमेश्वर हुनुहुन्छ ।  उहाँ धर्मी, अधर्मी लागि पानि पारिदिनु हुन्छ, घाम लगाइदिनु हुन्छ ।  यसर्थ सबै आशिषको मूल परमेश्वर नै हुनुन्छ


 

No comments:

Post a Comment