Tuesday, May 6, 2014

मलाई प्रभुले दिनुभएको दर्शन तपाइँ र तपाईको परिवारको लागि

 -रमेश थापा मगर
 
"त्यसपछि  म मेरा  आत्मा सबै मानिस माथि खन्याउने छु!..............तिमीहरुका युवकहरु दर्शन देख्नेछन  ।"                                                                                 -योएल२:२९,   प्रेरित१७
जुन दर्शन मलाई प्रभुहरुका प्रभु, राजाहरुका राजाले दिनुभयो, यो हामी, सबै विश्वासीहरु जो जीवित प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नेहरु र नराख्नेहरु, सबैको लागि हो ।  म यो गवाही दिएर यो भन्छु आज तपाई धेरै जना  अस्तित्वमा नरहेका पोस्टरहरुका देवी देवता र मूर्तिहरू पूजा गर्दै हुनुहुन्छ भने तपाइँ अन्ततः नरकमा जानुहुनेछ ।
   फागुन २८,२०७० (12 March,2014) जब प्रार्थनामा एक्कासी अब फेरी छिट्टै मेरो चर्च विलिभर्स चर्च, अश्रांग-गोरखा जानुपर्ने देखेपछी मेरो मनमा अलि द्विविधा उत्पन्न भयो किनकि म फागुन १७ (1 March, 2014) गते मात्रै मेरो चर्चमा वचनको सेवकाई गरि विश्वासीजनसंग मेरो इन्जिनियरिंग 5th सेमेस्टरको परिक्षापछी मात्रै आउनेछु र प्रभुको विशेष इच्छा भए छिट्टै पनि आउने बताएर करिव २ महिना आउन नसक्ने बताएर म आफ्नो पढाईको निम्ति पोखरा फर्केको थिए ।  र यति नै बेला क्याम्पसमा आन्तरिक मूल्यांकनको परीक्षा चल्दै थियो ।  अनि मैले ख्रीष्टमा मेरो विश्वासी दिदि सीता विश्व, जो विलिभर्स चर्च, खहरे गोरखामा सेवकाई गर्दै हुनुहुन्छ, फोन गरेर तपाइले मेरो चर्चको लागि दिन लाग्नु भएको उपहार तयार छ भने म यो शनिवार(१ चैत्र)को आराधना सेवामा पोखराबाट आउने कुरा बताए पछी उहाँले उपहार तयारी रहेको र गोरखा जिल्ला फादर पा. इश्वर लामा जादै हुनुहुन्छ भन्ने खबर पाएपछी म अर्को शनिवारको आरधना सेवा (८ चैत)जाने निर्णय गरि चर्चको अगुवालाई फोन गरि म आउने कुरा बताए ।  तर प्रभुको इच्छा त्यही आराधना सेवामा रहेको अगुवाई भएपछि मैले भोलिपल्ट २९ गते(13 March,2014) फेरी विलिभर्स चर्च खहरे-गोरखामा फोन गरि फादर जाने हो या होइन निर्णय मागे अनि उहाँले आफु जान नसक्ने बताएपछी म चैत १ गतेको आराधना सेवाको लागि फागुन ३० गते पोखराबाट घर तर्फ लागे ।  अनि वचन तयारीको लागि आशिष माग्दै तयारीमा जुटे तर दुईवटा वचन तयार गरे फेरी रद्द गरे ।  र यात्रा भरि मलाई परमेश्वरको उपस्थितिले योएल अगमवक्ताको पुस्तक २ अध्याय २८-३२, परमप्रभुको दिनहरु घरि घरि मेरो मन र मस्तिष्कमा आइरह्यो। किनकि यहाँ ३० र ३१ पदमा यसरि लेखिएको छ।
  
योएल २:३० आकाश र पृथ्वीमा म अचम्मको कामहरु देखाउनेछु, अर्थात् रगत, आगो र धुवाँको मुस्लाहरु
योएल २:३१ परमप्रभुको त्यो महान् र भयंकर दिन आउन अघि सूर्य अध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन ।
यी पदहरुमा भने झैँ यो समय पनि आकाशमा रक्त चन्द्र(पूर्ण चन्द्रग्रहण) लगातार चार पटक र विचमा १ पटक अध्यारो सूर्य(पूर्ण सूर्यग्रहण) लाग्ने नासा(NASA)को websiteको Lunar Eclipse Solar Eclipse पेजमा देखे झन् बढी सोच्न बाध्य बनायो ।
र इतिहासमा गत पाँच सय बर्षमा यसरी मिल्दो जुल्दो गरि तिन पटक भैसकेको NASAको websiteमा रहेछ।जुन जानकारीको लागि तल दिएको छु ।
 
क्रिस्चियन र यहुदीहरूको इतिहास नियाल्ने हो भने यी जानकारी पाउन सकिन्छ।
1493-1494: Catholic Inquisition kill more than 100,000 Jews and Jews leave Spain and finally America discover by Columbus.
1948-1949: Hitler kill more than 600,000 Jews and finally Born of Israel.
1968-1969: Kingdom of God Jerusalem is united with Israel also famous Israeli wars.
2014-2015:……………………………………………..

 जब यी कुराहरु थाहा पाउन सके झन् बढी उत्सुकता बढ्न थाल्यो र परमेश्वरका राज्य चाडै आउदै छ भन्ने कुरा भित्र देखि नै लाग्न थाल्यो र विश्व परिवेशमा शक्तिशालि राष्ट्र अमेरिका, रुस, चिनको शक्तिबारे विचार गर्दै बाइबल लेखिएका भविष्यबाणी केलाउन कोशिष गरे तर के हुने म अन्योलमा परे र मैले परमेश्वरलाई सोधे यहि कुरा सिकाउन म मेरो चर्च त जान लागेको हो त?
पहिलो दर्शन:
१ चैत्र(15 may,2014) बिहान १२ बजे तिर नै निन्द्राबाट ब्युझिए अनि सोचे आजको आराधना सेवामा परमेश्वर कुन रहस्यमय कुरा मैले सिकाउन पर्ने मैले थाह पाउन सकेको छैन भनेर निदाउन नै सकिन जब बिहानको ३ बजे तिरसम्म यो कुरा सोचेर बस्दै थिए तब म दर्शन देख्न थालेछु जुन यस्तो छ ।
     म पोखरामा मेरो क्याम्पस जाने बाटो(बगर-लामाचौर)को बिचतिर यात्रा गर्दै थिए तब पश्चिम आकासमा स्वर्ग उघ्रिएको देखे अनि मैले मेरो प्रियजनलाई भेट गर्न उत्सुकता साथ जान खोज्दै थिए तर मलाई एक्कासी माथि स्वर्गमा लागियो जहाँ चहकिलो सेतो बादलको जस्तो प्रकाशको प्रकाश थियो अनि म त्यहाँ कुनै अगमवाणीको प्रतिक्षामा थिए तर तर एउटा आत्मिक चराको आवाज सुने जुन मैले बुझ्न सकिन अनि पछी पृथ्वीको कुनै बगैचामा ओर्लेर आए जुन ठाउमा अझसम्म पुगेको छैन र मैले वास्तविक जीवनमा देखेको पनि
छैन ।  तर माथि बाट आउदै गर्दा मेरो शरीर छालाभन्दा भित्रि भाग परिवर्तन हुदै थियो र पछी धरतीमा टेके पछी त्यो पुरै परिवर्तन भयो र छाला चाही परिवर्तन भएन ।  म माथि बाट आउदै गरेको र मेरो रुप परिवर्तन हुदै गरेको त्यसै बगैचामा रहेको दुई जना व्यक्तिहरु पनि देखेका थिए जसको कारणले गर्दा तिनीहरु मसंग असाध्यै डराउन लागे ।  म तिनीहरुलाई चिन्दिन्थ्ये तर तिनीहरु मलाई चिन्थे अनि भाग्न लागे पछी मैले तिनीहरुलाई भने म तिमीहरुलाई चिन्दिन नभाग भने तर तिनीहरु डरले भागे ।  र पछी म मेरो परिवर्तिन हात उचालेर हेर्न थाल्दा मात्रै थाहा पाउन सके कि म दर्शन पो देखेको रहेछु ।   पछी उठेर आकाशमा हेरे कुनै नौलो कुरा पो छ कि भने केहि नौलो कुरा देख्न सकिन केवल टहटह जून लागेको थियो अनि त्रिएक परमेश्वरलाई धन्यवाद चढाए अनि फेरी यो बारेमा सोच्न लागे तर हृदय अत्यन्त पर्फुलित भैरहेको थियो र पछी बिहान साढे चार देखि पांच बजे (४:३०-५:००) मा फेरी अर्को दर्शन देखे जुन यस प्रकारको छ ।
दोस्रो दर्शन:
सबैतिर एकैपटक स्वर्ग उघ्रिएको हल्ला चल्यो अनि मैल जब पश्चिम आकाशबाट परमेश्वरका मन्दिर, पवित्र शहर यरुशलेम झर्दै गर्दा एक निमेषमा नै पुरै आकास उघ्रियो र नयाँ आकाश  बन्यो र स्वर्गबाट हाम्रा मुक्तिदाता प्रभू येशू बादलको साथमा आउनु भयो र सबै पवित्रजनहरु उहाँलाई भेट्न उडेर उहाँसंग जोडिन पुगे अनि सबै पवित्र जनसंग उहाँको वास भयो ।  अनि म परमेश्वरसंग कुरा गर्न साह्रै उत्सुक थिए अनि उहाँ आएर मेरो हृदय जाँच गर्नु भयो अनि म घोप्टो परेर लमतन्न भएर सुते अनि परमेश्वरले संसारको उत्पतिको बारेमा बताउदै जान लाग्नु भयो अनि  मानिस संग सगति गर्न स्वर्ग छोडेर अदनको बगैचामा आउनु भएको कुरा बताउनु भयो  र भन्नु भयो शैतानले मानिसलाई छल गरेर मबाट टाढा लग्यो भन्नु भयो ।  अनि मैले त्यस पछी परमेश्वरका आवाज भन्दा अरु आवाज ठुलो गरेर सुने पछी प्रभू मैले तपाइको आवाज सुन्न सकिन कहाँबाट यो डिस्टर्ब हुदैछ भनेर सोधेपछी प्रभूले मेरो देब्रेखुट्टा अलि माथि उचाली दिनु भयो अनि मैले तल पृथ्वीमा हत्याहिंसा, काटमार , वेश्यावृत्ति, मायाजालले संसार बिगार्दै लागेको देखे ।  अनि मैले बिज्ञान र प्रविधिको धेरै उपलब्धिहरु देखे ।  मैले कम्पुटर, टिभी जस्ता ठुला स्क्रिनहरु पनि देखे अनि त्यसमा काम गर्नेहरु प्रभुको राज्यको बारेमा रहेको अनविज्ञता पनि मैले देखे ।  र अहिलेको सम्बन्धहरुमा  मोबाइल फोनको कारण गर्दा हुने डिस्टर्ब पनि महसुस गरे ।  अनि मलाई पोष्टर भगवानहरु पनि देखाइयो जसको पोस्टर यति ठुला थिएकी धर्ति देखि आकाससम्मै पोष्टर मात्र थियो ।  जसमा कोहि विणा, कोहि हतियार बोकेको पोस्टर थियो ।   अनि धेरै जना धर्मकर्म, तिर्थवर्त गरेको पनि देखे ।  अनि कति जनाहरु बोल्नै नसक्ने मूर्तिहरूका पूजा गरिरहेका थिए ।  जुन हाम्रो देश नेपालमा जहाँतहीँ देख्न सकिन्छ ।  त्यति नै बेला मेरो एकजना साथि जसलाई म राम्ररी चिन्छु ऊ पनि आफ्नो रितिरिवाज मनाउन र मुर्ति पूजा गर्न जान निस्केको थियो अनि उनि मसँगै थिइ उसले मलाई तिन घण्टा मुर्ति पूजा गरेर फर्केर आउन तिन घण्टा लाग्ने बताईन् अनि मलाई थाहा थियो उनि गलत गर्दै थिईन अनि मैले रोक्न नसकी मैले भने तिमी चाडै फर्क र तुरुन्त मलाई भट्नु म तिमीलाई परमेश्वरको रहस्य बारे बताउनेछु ।  अनि म फेरी प्रभूले देखाउनु भएको दर्शनबाट ब्युझे । 
                 प्रिय विश्वासीजनहरु अब हामी चुप लागेर बस्ने समय छैन अब हामी परमेश्वरको राज्य विस्तार गर्न लागि पर्नु पर्दछ ।  भने जसले प्रभू येशू ख्रीष्टलाई मुक्तिदाता भनि ग्रहण गर्नु भएको छैन भने आजनै गर्नु होला किनकि भोली अबेर होइजाला ।  किनकि प्रभू चाडै आउदै हुनुहुन्छ ।  आमेन ।   
 
NASA websiteबाट लिएको पूर्ण चन्द्र ग्रहण र सूर्य ग्रहण को समय तालिका  
lunar eclipse 1493-1494
solar eclipse 1493-1493

lunar eclipse 1949-1950
solar eclipse 1950

lunar eclipse 1967-1968
solar eclipse 1968

lunar eclipse 2014-2015


solar eclipse 2015



      
   
                        
                     
      
          
                             
            

No comments:

Post a Comment