परमप्रभुमा विश्वास गरेर प्रशस्त आशिष पाएका अब्रामसँग बसेकोले लूतले पनि धेरै आशिष पाएका थिए । ‘अब्रामका साथमा लागेका लूतका पनि भेंडा–बाख्रा र गाई–वस्तुहरूका बथान र पालहरू थिए (उत्पत्ति १३:५) । आशिष पाएका मानिसहरूसँग बसेर नै हामी पनि आशिषित बन्न सक्ने रहेछौं । अब्राम र लूत दुवैका भेंडा–बाख्रा, गाई–वस्तुहरू धेरै भएको हुनाले तिनीहरूलाई त्यस ठाउँमा सँगै बस्न गा¥हो भयो । तिनीहरूलाई एकसाथ बस्न प्रशस्त ठाउँ पनि भएन । तिनीहरूका गोठालाहरू पनि एका अर्कासँग मिलेर बस्न सकेनन् र तिनीहरू छुट्टिए । शिष्टाचारको नाताले पनि लूतले आफ्ना वयोवृद्ध काकालाई ठाउँ छान्नलाई पहिले मौका दिनु पर्नेथ्यो तर तिनले त्यसो गरेनन् । तिनी आफैले पहिले आफ्नो लागि परमप्रभुको बगैंचा जस्तै प्रशस्त पानीले भिजेको मलिलो यर्दनको बेंसी छाने । असल भाग लूतले लगे भनेर अब्राम कति पनि दुखित भएनन् किनकि परमप्रभुका प्रशस्त आशिष तिनीसँग थियो । आशिष नै नभएको बाँझो, रूखो जग्गा पनि आशिषित बनाउन सक्ने क्षमता तिनीसँग थियो । परमेश्वरको इच्छानुसार जस्तै ठाउँमा हामीलाई जान परे पनि हामीलाई आत्तिनु पर्दैन कारण परमेश्वरका आशिष मात्र होइन तर आशिषका परमेश्वर स्वयं हामीसित हुनुहुन्छ । आशिष नभएको ठाउँलाई पनि हामी आशिषित बनाउन सक्छौं । गलाती ३:९ मा लेखिएको छ, ‘यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष पाएका छन् ।’ ख्रीष्ट येशूमा विश्वास गरेर हामी अन्यजातिहरूले पनि अब्राहामका सन्तान बन्ने अधिकार पाएका छौं । गलाती ३:२९ मा पनि हामी पढ्छौं, ‘यदि तिमीहरू ख्रीष्टका हौं भने ता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ ।’Tuesday, January 7, 2014
२०१४ सालका लागि मण्डलीलाई परमप्रभुका केही आज्ञाहरु – पाष्टर रोबर्ट कार्थक
परमप्रभुमा विश्वास गरेर प्रशस्त आशिष पाएका अब्रामसँग बसेकोले लूतले पनि धेरै आशिष पाएका थिए । ‘अब्रामका साथमा लागेका लूतका पनि भेंडा–बाख्रा र गाई–वस्तुहरूका बथान र पालहरू थिए (उत्पत्ति १३:५) । आशिष पाएका मानिसहरूसँग बसेर नै हामी पनि आशिषित बन्न सक्ने रहेछौं । अब्राम र लूत दुवैका भेंडा–बाख्रा, गाई–वस्तुहरू धेरै भएको हुनाले तिनीहरूलाई त्यस ठाउँमा सँगै बस्न गा¥हो भयो । तिनीहरूलाई एकसाथ बस्न प्रशस्त ठाउँ पनि भएन । तिनीहरूका गोठालाहरू पनि एका अर्कासँग मिलेर बस्न सकेनन् र तिनीहरू छुट्टिए । शिष्टाचारको नाताले पनि लूतले आफ्ना वयोवृद्ध काकालाई ठाउँ छान्नलाई पहिले मौका दिनु पर्नेथ्यो तर तिनले त्यसो गरेनन् । तिनी आफैले पहिले आफ्नो लागि परमप्रभुको बगैंचा जस्तै प्रशस्त पानीले भिजेको मलिलो यर्दनको बेंसी छाने । असल भाग लूतले लगे भनेर अब्राम कति पनि दुखित भएनन् किनकि परमप्रभुका प्रशस्त आशिष तिनीसँग थियो । आशिष नै नभएको बाँझो, रूखो जग्गा पनि आशिषित बनाउन सक्ने क्षमता तिनीसँग थियो । परमेश्वरको इच्छानुसार जस्तै ठाउँमा हामीलाई जान परे पनि हामीलाई आत्तिनु पर्दैन कारण परमेश्वरका आशिष मात्र होइन तर आशिषका परमेश्वर स्वयं हामीसित हुनुहुन्छ । आशिष नभएको ठाउँलाई पनि हामी आशिषित बनाउन सक्छौं । गलाती ३:९ मा लेखिएको छ, ‘यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष पाएका छन् ।’ ख्रीष्ट येशूमा विश्वास गरेर हामी अन्यजातिहरूले पनि अब्राहामका सन्तान बन्ने अधिकार पाएका छौं । गलाती ३:२९ मा पनि हामी पढ्छौं, ‘यदि तिमीहरू ख्रीष्टका हौं भने ता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ ।’Tuesday, December 31, 2013
पानीको बप्तिस्मा-२०६४
बिलीवर्स चर्च अश्रांगको विश्वासीहरु मण्डलीको सेवक डिल्ली राई र रेभ.पा. आनन्द तामांगसंग पानीको बप्तिस्मा लिदै वि.स २०६४ फागुन ३ गते (15-02-2008)
Saturday, December 7, 2013
असल चिज माग्नको निम्ति प्रोत्साहन
“म तिमीहरुलाई
भन्दछु, माग, त तिमीलाई दिइनेछ । खोज त तिमीले भेट्टाउनेछौ । ढकढक्याओ, त
तिमीहरुका निम्ति खोलिनेछ । किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ
त्यसले भेट्टाउँछ र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ ।”
“तिमीहरुमध्ये
कुनचाहिँ बाबु होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुंगा देला, कि माछा माग्दा
माछाको सट्टा सर्प देला? अथवा अन्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरु दुष्ट
भईकन आफ्ना छोराछोरीलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरुका स्वर्गीय पिताले उहासँग
माग्नेहरुलाई कति बढी गरेर असल चिज (पवित्र आत्मा) दिनुहुन्छ ।”
लूका ११:९-१३; मत्ती ७:७-११
Friday, December 6, 2013
विधवाको भेटी
येशूले हेर्नुहुँदा
धनीहरुलाई आफ्नो-आफ्नो भेटी मन्दिरको दानपात्रमा राखेको देख्नुभयो । उहाँले एउटी गरिब विधवालाई त्यहाँ दुई पैसा
चदाएकी पनि देख्नुभयो । तब उहाँले भन्नुभयो,
“साँच्चै म तिमीहरुलाई भन्दछु, यस गरिब विधवाले अरु सबैले भन्दा बढी चढाएकी छे । किनकि यिनीहरु सबैले आफ्नो प्रशस्तताबाट भेटी
चढाएका छन्, तर यसले चाहिं आफ्नो दरिद्रताबाट आफ्नो सारा जिविका नै दिई । ”
-लूका २१:१-४
Thursday, December 5, 2013
यशैया ६१:१-२
“परमप्रभु
परमेश्वरको आत्मा ममाथि छ, किनभने गरिबहरुलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले
मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरुलाई हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई
स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई
पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला लिने दिनको
घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई सान्त्वना दिन,”
-यशैया ६१:१-२
Subscribe to:
Posts (Atom)