१•आशिषको श्रोत को हुनुहुन्छ? सबै आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ । शैतान बाट कुनै आशिष आउदैन । किनकि त्यो झुट र छल को पिता हो । (यूहन्ना ८:४४) हरेक असल दान र सिद्द वरदान स्वर्गबाटको हो । यो बरदान ज्योतिको पिताबाट आउँछ । बदलि रहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुदैन ।(याकूब१;१७)
२•के परमेश्वर बाट अन्यजातिले पनि आशिष पाउन सक्छ? अवश्य पाउन सक्छ । परमेश्वर अन्यजाती, यहुदी, र परमेश्वरको मण्डली सबैको परमेश्वर हुनुहुन्छ । फरक यति मात्र हो । अन्यजाती हरु परमेश्वरको करार र प्रतिज्ञा बाट बिराना छन् । उनीहरुको आशिष आफ्नो इमान्दारिता, लगनशीलता र आफ्नो हातको काम मा भर पर्छ । जस्तै पुराना करारका कति अन्य जाति राजाहरु जस्तै नबुकदनेस्वर, अहासुरस, दारा आदि राजाहरु जसलाई परमेश्वरले नै आशिष दिएर आफ्नो राज्य बढाउन दिनु भयो । इस्राएलीहरु आफ्नो परमप्रभु परमेश्वर संग उनीहरुको पिता अब्राहम र मोशा मार्फत बाधिएको करार को आज्ञापालन बाट आशिष पाउँछन् । उनीहरु आज्ञा पालन गर्दा आशिषित हुन्छन् भने आज्ञा उलंगन गर्दा श्रापित हुन्छन् । भने परमेश्वरको मण्डली येशू ख्रीष्टले दिनु भएको अनुग्रह र प्रतिज्ञाहरु सहित को आशिष पाउछन ।